लुकाकुको गोलमा मिलानको सहज जित

लोकपथ
0
Shares

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित हात पारेको छ । आइतवार राति भएको खेलमा इन्टरले जिनोआलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो मिनेटमै लुकाकुले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ६९ औं मिनेटमा माटियोले गोल गरेपछि इन्टरको अग्रता २-० को बन्यो ।

Image

त्यसपछि खेलको ७९ औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई ३-० को जित दिलाए । जितसँगै इन्टरले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ ।

इन्टरले २४ खेलबाट ५६ अंक जोडेको छ । दोस्रो स्थानको एसी मिलानको ४९ अंक रहेको छ ।

जिनोआ २६ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?