प्रिमियर लिग : लिभरपुलको सहज जित

लोकपथ
0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित हात पारेको छ । आइतवार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

सेफिल्डको मैदानमा लिभरपुलका लागि कुर्टिस जोन्सले एक गोल गरे । सेफिल्डका किन ब्रायनले एक आत्मघाती गोल गरे । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

Image

तर, खेलको ४८ औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६५ औं मिनेटमा ब्रायनले आत्मघाती गोल गर्दा लिभरपुलले २-० को जित निकाल्यो ।

Image

जितसँगै लिभरपुल छैटौं स्थानमा उक्लिएको छ । लिभरपुलको २६ खेलमा ४३ अंक रहेको छ ।

सेफिल्ड ११ अंक जोडेर पुछारमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?