काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले छोरीचेली बारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्न आग्रह गरेकी छिन् । महिलाका विषयमा बोल्दा आफूलाई जन्म दिने आमालाई सम्झने हो भने आफ्नो अभिव्यक्तिप्रति आफैं लज्जित हुनुनपर्ने मानन्धरले बताएकी हुन् ।
दाहाल–नेपाल नेकपाका नेता रघुजी पन्तको राष्ट्रिय सभा सदस्य कोमल वलीप्रति लक्षित अभिव्यक्तिलाई संकेत गर्दै अभिनेत्री मानन्धरले फेसबुकमार्फत् यस्तो प्रतिकृया दिएकी हुन् ।
आफूले आफूलाई सम्मान गर्न नजान्नेले अरुलाई समेत सम्मान गर्न नजान्ने भन्दै उनले पहिले आफूलाई सम्मान गर्न सिक्न सुझाव समेत दिएकी छिन् ।
“पहिला आफूले आफूलाई सम्मान गर्नुस् ,अनि अरुलाई सम्मान गर्न स्वत: सक्नुहुनेछ,” उनले लेखेकी छिन्, “छोरीचेली बारे केही बोल्दा आफ्नी जननीलाई मस्तिष्कमा राखेर बोल्नुस, ताकी समाजले यो सुन्नु पर्दा लज्जा महसुस नहोस् ।”
सेतै फुलेका बुज्रुक नेताहरुको शब्दमा आपराधीक मानसिकता देखिन थालेको भन्दै उनले त्यो स्तरको संकीर्ण सोच र तुच्छ भावना बोकेको देखेर उनीहरुप्रति दया लागेको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया