प्रधानमन्त्री ओली आज पोखरा जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सोमवार पोखरा जाँदैछन् । शनिवारका लागि निर्धारण गरिएको कार्यक्रम तयारी नपुगेको भन्दै अन्तिम समयमा स्थगित गरिएको थियो । बिहान साढे ११ बजेपछि उनी यति एयरलाइन्सको जहाजमा पोखरा जानेछन् ।

ओलीले गण्डकी प्रदेश सरकारले पोखरा–१ नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गर्ने तथा पोखरा सभागृहमा हुने गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । कार्यकर्ता सम्बोधनपछि ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने र आज साँझ काठमाडौँ फर्कने कार्यतालिका रहेको छ ।

यसअघि हिजो आइतवार पनि उद्घाटन कार्यक्रमका लागि प्रधानमन्त्री ओली झापा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?