सेफिल्डविरुद्ध लिभरपुलको सहज जित

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडमाथि जित निकालेको छ । ब्रमल लेनमा सम्पन्न खेलमा अंकतालिकाको पुछारमा रहेको घरेलु टोली सेफिल्डमाथि लिभरपुलले २–० गोलअन्तरले जित निकालेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा लिभरपुलले अग्रता बनाएको थियो। लिभरपुलका लागि कुर्टिस जोन्सले एक गोल गर्दा सेफिल्डका किन ब्रायनले एक आत्मघाती गोल गरे ।

जितसँगै लिभरपुल छैटौं स्थानमा उक्लिएको छ । लिभरपुलले २६ खेलबाट ४३ अंक जोड्दा अंक तालिकाको पुछारमा रहेको सेफिल्डले ११ अंक जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?