विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर स्थिर रही आइतवारकै मूल्य कायम भएको छ । आज अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ २५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

यसैगरी आज युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३५ पैसा र बिक्रीदर ९० रुपैयाँ ८२ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यस्तै आज जापानी यन १० को खरिददर ११ रुपैयाँ र बिक्रीदर ११ रुपैयाँ ६ पैसा तथा कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?