७ चैत्र २०७९, मंगलवार

अझैं छुटेनन् देवनारायण, युवतीले भनिन् के ?

२०७४,आश्विन,१९,बिहीवार ०१:३५

0
Shares

राजविराज, १९ असोज— भारतीय जेलमा रहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका देवनारायण यादव र उनका छोरा अजय बुधबार पनि रिहा हुन सकेनन् । भारतीय युवती भगाएको आरोपमा गत शनिबार यादव बाबुछोरालाई पक्राउ गरी कुनौली थानाका इन्चार्ज विनोद यादवले अपहरण मुद्दा लगाई सुपौल जिल्लास्थित वीरपुर कारगारमा चलान गरेका थिए ।उनको रिहाइका लाििग गृहमन्त्री जनार्दन शर्माले प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेलाई पहल गर्न निर्देशन दिएपछि उनको नेतृत्वमा सुरक्षा निकायका प्रमुखसहित एक टोलीले रिहाईको लागि अनुरोध गरिरहेको भएपनि रिहाई हुन नसकेको खबर राधानी दैनिकमा छापिएको छ ।बुधबार वीरपुरस्थित न्यायालयमा दिउँसो ३ बजेदेखि मात्र अपहरणमा परेको भनिएकी भारतीय युवती ज्योतिको प्रारम्भिक बयान लिन काम सुरु गरिएको छ । युवतीले अपहरण नभई देवनारायणको छोरा अजयसँग राजीखुसीमा बिबाह गरेको बयान दिएकी छिन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार ०१:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८