८१ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमवार ८१ करोड ३० लाख रुपैयाँको ट्रेजरी विल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिनको ५० करोड रुपैयाँ र ९१ दिनको ३१ करोड ३० लाख रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्न लागेको हो ।

बैंकहरूसँग अहिले झण्डै एक खर्ब अधिक तरलता रहेकाले बोलकबोलमा प्रतिस्पर्धा उच्च भई अहिले ट्रेजरी विलको दर १ प्रतिशतभन्दा कम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?