कोरोना ‘कन्ट्रोल’ गर्ने ओलीको दोस्रो ‘आइडिया’- ‘अम्बाको पात उमालेर गार्गल गर्ने’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अम्बाको पात उमालेर गार्गल गरे कोरोनाबाट बच्न सकिने दाबी गरेका छन् ।

हिमालय टेलिभिजनमा अन्तर्वार्ता दिंदै ओलीले यस्तो दाबी गरेका हुन् । ‘मैले निरोगी नेपाल बनाउने सोचेको छु । कोरोना लागि हाल्यो भने मर्न सक्छ। त्यसकारण मर्न नपारोस्। लागि हाले अस्पताल जानु नपरोस्। मैले मामुली कुरा बताएको हो’ कोरोनाको उपचारबारे दाबी गर्दै भने, ‘अम्बाको पात उमालेर गार्गिल गरे कोरोना लाग्दैन । झुकिएर लागि हाले स्टिम लिने।’

नेपालले कोरोना नियन्त्रणमा सम्पन्न देशहरुलाई समेत पछि पारेको दाबी गरेका छन्। ‘कोरोना नियन्त्रण गर्ने राम्रो देशमा १ प्रतिशत देशमा नेपाल पर्छ। हामीभन्दा सम्पन्न देशले यस्तो गर्न सकेका छैनन्। हामीले गरेका छौं’ उनले भने।

पहिला कोरोना परीक्षण गर्ने यन्त्र नै नभएको तर अहिले ठाउँमा ८३ ठाउँमा परीक्षण हुने भन्दै कोरोनाका कारण धेरै मान्छेलाई मर्न नदिएको दाबी समेत गरे। उनले कोरोना नियन्त्रणका लागि दिएको उपाय उडाउनेहरुलाई मुर्खको संज्ञा समेत दिए।

प्रधानमन्त्री ओलीले यसअघि बेसार पानी खाँदा र हाच्छिउँ गर्दा कोरोना भाग्ने दाबी गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?