प्रधानमन्त्रीको प्रश्न- ‘नेपाली जनताका लागि अनकम्फोर्टेवल, अरूका लागि कम्फोर्टेवल ?’

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताका लागि ‘अनकम्फोर्टेवल’ राजनीति गर्नेहरूले अरूका लागि ‘कम्फोर्टेवल’ राजनीति ए गरेको टिप्पणी गरेका छन् । हिमालयन टेलिभजनलाई अन्तरवार्ता दिँदै ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई इंगित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

केही दिनअघि एक अन्तर्वार्तामा दाहालले नेपाली कांग्रेस, जनता समाजबादी पार्टी र आफ्नो समूहको सत्ता समीकरणले भारत र चीनका लागि ‘कम्फोर्टेवल’ हुने बताएका थिए । वरिष्ठ नेता माधव नेपालको बारेमा टिप्पणी गर्दै ओलीले उनले दरवारमा दाम चढाउने गरेको  बताए।

उनले आफूले संसदको फेस गर्ने भन्दै कुनै हालतमा राजीनामा नदिने बताए ।  अदालतले राजीनामा देउ नभनेको ओलीको भनाई थियो। आफू अझ पनि बहुमतमै रहेकाले नैतिकताको संकट नआएको उनको दाबी छ।

‘नैतिकता के भयो। मैले मेजोरोटी लुज गरेँ? के मा हरायो अदालतले? राजीनामा देउ भन्यो अदालतले। प्रतिनिधिसभा विघटन गरेको थिएँ। मलाई त अदालतले थुप्रो मुद्दा हराएको छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?