योगेश भट्टराईको गाडीले साइकल यात्रुलाई ठक्कर दियो

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईको गाडीले साइकल यात्रुलाई ठक्कर दिएको छ । रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई चढेको ज १ झ ४२७ नम्बरको गाडीले ठक्कर दिँदा साइकल यात्री ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएका हुन् ।

उनको अहिले चपुरमा रहेको सिभिल अस्पतालमा उपचार भइरहेको छ। उनलाई थप उपचारको लागि काठमाडौँ ल्याउने तयारी भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?