‘सर्वोच्चको फैसलाले मलाई केही फरक पर्दैन, देशलाई फरक पार्छ’- प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले खुशीमा मात्तिने र दु:खमा आत्तिने आफ्नो बानी नभएको बताएका छन् ।

आइतबार हिमालय टेलिभिजनसंगको कुराकानीमा प्रधानमन्त्री ओलीले संसद पुनस्थापना गर्ने सर्वोच्च अदालतको निर्णय सामान्य भएको बताएका हुन् । अदालतको फैसलाले आफूलाई केही फरक नपर्ने बरू देशका लागि फरक पर्ने बताए ।

कतिपयले आफूलाई घिसार्ने, कुट्ने, गलहत्याउने भनेर टिप्पणी गर्ने गरेको बताउंदै उनले आफ्नो त्यो संस्कार नभएको बताए । पदका लागि मरिमेटेको नभएकाले पदमा रहुन्जेल देशका लागि सक्दो योगदान गरेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?