२०७७, १६ फाल्गुन आईतवार २१:५३

‘नेपाल दक्षिण एसियाकै दोस्रो शान्त मुलुक’- अध्ययन


प्रकाशित मिति : २०७७, १६ फाल्गुन आईतवार २१:५३

काठमाडौँ– एक अध्ययनले नेपाल दक्षिण एसियाकै दोस्रो शान्त मुलुक भएको देखाएको छ । ग्लोबल पीस इन्डेक्सले सन् २०२० मा गरेको अध्ययन अनुसार दक्षिण एसियाका सात मुलुकमध्ये नेपाल शान्त मुलुक देखिएको हो ।

यो सूचीमा पहिलोमा भुटान रहेको छ । सार्कमा अशान्त मुलुकको पहिलो सूचीमा अफगानिस्तान छ । दक्षिण एसियाका अन्य मुलुकहरुमा भारत १३९ औं, पाकिस्तान १५२, बंगलादेश ९७, श्रीलंका ७७ र अफगानिस्तान १६३ औं स्थानमा रहेका छन ।

यता विश्वव्यापी रुपमा शान्त देशको सूचीमा नेपाल ७३ औँ स्थानमा छ । २०१९ मा विश्वव्यापी रुपमा शान्त देशको सूचीमा ७६ औँ नम्बरमा रहेको नेपाल २०२० मा भने ७३ मा उक्लिएको हो ।

प्रतिक्रिया दिनुहोस