२३ वर्षीय युवालाई बन्धक बनाएर १० लाख माग, २ घण्टामा उद्धार, ३ जना पक्राउ

RSS
0
Shares

मोरङ– शरीर बन्धक बनाइ रु १० लाख फिरौती माग्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ बस्ने २० वर्षीय रोहित पण्डित, दरैयाकै २१ वर्षीय अजय यादव तथा विराटनगर महानगरपालिका–६ रामपुर निवासी २८ वर्षीया सन्ध्या शर्मा रहेको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

निजले विराटनगर महानगरपालिका–१८ खोक्सा निवासी २३ वर्षीय  सुभाष कामतलाई शनिबारदेखि बन्धक बनाएर रु १० लाख माग गरेको सूचना प्रहरीले प्राप्त गर्नसाथ गरिएको अनुसन्धानबाट सो अभियुक्त पक्राउ परेको प्रवक्ता राईको भनाइ छ । प्रहरीले बन्धकमा राखेका व्यक्तिलाई दुई घण्टाभित्र विराटनगर महानगरपालिकाअन्तर्गत रामपुर बस्तीबाट सकुशल उद्धार गरेको थियो ।

प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?