अत्याधिक मदिरा सेवनका कारण एक जनाको मृत्यु

लोकपथ
0
Shares

धनुषा । अत्याधिक मदिरा सेवनका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मीनिया गाउँपालिका ७ कुम्हरौडाका अन्दाजी ४० वर्षीय ललन महरा रहेका छन् ।

आज (आइतवार) बिहान महराको मृत अवस्थामा शव फेला परेको थियो ।

स्थानीयले उनलाई हिजो (शनिवार) साँझ धेरै मदिरा सेवन गरेको अवस्थामा देखेको र आइतवार मृत फेला पर्नुलाई धेरै रक्सी खाएका कारणले उनको मृत्यु भएको प्रहरीकाे अनुमान  छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?