मोरङमा ११ वर्षीया बालिकामाथि बलात्कार प्रयास, एक हप्तापछि मात्रै बाहिरियो घटना

लोकपथ
0
Shares

काठमाडौं । मोरङमा ११ वर्षीया बालिकामाथि बलात्कारको प्रयास भएको छ । मोरङको जाहदा गाउँपालिकाका ११ वर्षीया बालिका बलात्कारको प्रयास गर्ने आरोपी पक्राउ परेका छन् ।

बालिकालाई बलात्कारको प्रयास गर्ने स्थानीय ४५ वर्षीय राजेन्द्र सरवरीया शनिवार सुनसरीको साहेवगंजबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मान बाहादुर राईले लोकपथलाई बताए ।

‘राजेन्द्र सरवरीयालाई नियन्त्रणमा लिई सकेका छौँ । थप अनुसन्धान शुरु भईसकेको छ ।’ प्रवक्ता राईले बताए ।

गत फागुन ६ गते बिहीवार नै बलात्कार गरेको प्रयास गरे पनि एक हप्तापछि घटना सार्वजनिक भएको हो ।

बालिकामाथि बलात्कारको प्रयासको घटनालाई गाउँमा स्थानीय अगुवा र छिमेकीको दबाब दिएर मिलाउने प्रयास गरेएको थियो । तर बलात्कार प्रयास भएको जानकारी दिन पीडित पक्ष इलाका प्रहरी कार्यालय रानीमा आएपछि घटना बाहिरिएको थियो ।

पक्राउ परेका राजेन्द्रले कसैलाई भने बदला दिने धम्की दिदैँ आएका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?