प्रचण्डलाई झुसे बारुला भन्दै ओलीले दिए चुनौती– राजीनामा दिन्नँ, अविश्वास प्रस्ताव ल्याएर हटाउनुस्

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने अडान दोहोर्‍याएका छन् । आज आइतवार झापाको कमल गाउँपालिकामा नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नगर्ने बताएका हुन् ।

राजीनामा नदिने भन्दै उनले अविस्वासको प्रस्ताव ल्याएर हटाए पनि फेरि तीन करोड नेपालीले आफूलाई नै निर्वाचित गराउने दाबी गरे । “संसदीय दलको नेता केपी ओली हो । म राजीनामा दिन्नँ । तपाईंहरूले मुद्दा लडेर संसद् पुनःस्थापना भएको हो,” उनले भने, “केपी ओलीलाई हटाएर देखाउनुस् न । अविश्वासको प्रस्ताव राखेर हटाएर देखाउनुस् । पहिला पनि अविश्वासको प्रस्तावबाट हटाएको हो, हटाउन सक्नुभएछ भने म फेरि ३ करोड नेपालीबाट निर्वाचित भएर आउँछु ।”

प्रचण्ड–नेपाललाई झुसे बारुलाको संज्ञा दिँदै ओलीले आफूहरुले राजा फालेको स्मरण गराउँदै लोकतन्त्रको. रक्षा गर्न पछि नहट्ने चेतावनी दिएका छन् । “झुसे बारुलाले फुर्ती नलाए हुन्छ। संघर्ष हाम्रो जीवन हो। लोकतन्त्रको रक्षा गरिन्छ। राजा फालेर आएका हौं,” उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?