नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाले गुमाए ज्यान

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा बितेको २४ घन्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतवार थप ८१ जनामा कोरोना संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ जना पुगेको छ ।

मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा ४८ जना संक्रमित संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म मुलुकभर २ लाख ७० हजार ३ सय २५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

आइतवार २ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।  यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?