काठमाडौं । कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएसनले संवैधानिक निकायहरुमा गरिएको नियुक्तिलाई असंवैधानिक ठहर गरेको छ । शनिवार सम्पन्न वार्षिक साधारणसभा तथा ४७औं केन्द्रीय कार्यकारिणी परिषदको बैठकपछि विज्ञप्ती जारी गर्दै बारले संवैधानिक निकायका पदाधिकारी नियुक्तिलाई संविधानको मर्म र भावना विपरीत रहेको ठहर गरेको हो ।
“नेपालको संविधानको धारा २९२ मा संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने संवैधानिक निकायका पदाधिकारीको नियुक्ति हुनुपूर्व अनिवार्य रुपमा संसदीय सुनुवाई हुनुपर्ने शक्ति पृथक्कीकरण र नियन्त्रणको मूल मर्म रहेकोमा, सो विपरित प्रतिनिधिसभा विघटन भइरहेको अवस्थामा संसदीय सुनुवाई बेगर हालै भएको संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिका सम्बन्धमा यो परिषदको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता कार्यलाई संविधानको भावना र मर्म प्रतिकुल भएको कार्यप्रति यो परिषद बैठक असहमति प्रकट गर्दछ,” विज्ञप्तीमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया