साताको पहिलो कारोबार दिन नेप्सेमा ८० अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतवार शेयर बजारमा झण्डै ८० अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ७९.७४ अंकले घटेर २४७४.३९ अंक कायम भएको छ । आज कारोबार शुरू भएदेखि नै नेप्से घट्न थालेको थियो । आज ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १४.५३ अंकले घटेर ४४७.२९ बिन्दु कायम भएको छ ।

आज कारोबारमा आएका २०७ कम्पनीको एक करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर खरिद बिक्री हुँदा आठ अरब ३५ करोड ५२ लाख ८९ हजार ८१४ रुपैयाँको कारोबार भएको छ । आज होटल र टुरिजम समूहमा ११ अंकको सुधार आएको छ भने बाँकी सबै समूह राताम्मे बनेका छन्।

नेप्सेले आजदेखि १३ उपसमूह कायम गरेर कारोवार गरेको छ । तीमध्ये आज होटल एण्ड टुरिज्म उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर ओरालो लागेको छ । होटल एण्ड टुरिज्ममा ११.०८ विन्दुले उकालो लाग्दा बैंकिङ ५४.५७, व्यापार ११.२२, विकास बैंक ७५.५१, जलविद्युत् ६७.१५, वित्त २९.७४, निर्जीवन बीमा १७८.१, उत्पादन १९८.२, अन्य ८१.३५, लघुवित्त १४१.२९, जीवन बीमा ६२४.८, सामूहिक लगानी कोष ०.२४ र इन्भेस्टमेन्ट ४.१३ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज शिखर इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको एक अर्ब दुई करोड १६ लाख ३२ हजार ८२४ बराबरको कारोवार भयो ।

पहिलो कारोबार दिनमा सबैभन्दा बढी जीवन बीमा ६१५, उत्पादनमूलक १९४, निर्जीवन बीमा १७९ अंकले घटेका छन्। बजार घटे पनि आज चन्द्रगिरि हिल्सको ९.८१ प्रतिशतले बढेर प्रतिकित्ता सेयर मूल्य ४१४ रूपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?