सेतो मच्छिन्द्रनाथ मन्दिरको पुनर्स्थापना कार्य शुभारम्भ

काठमाडौं । सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवं पुनर्स्थापनाको काम शुरु गर्न भूमि पूजन कार्यक्रमको शुभारम्भ गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा भूमि पूजाको शुभारम्भ गर्दै सेतो मच्छिन्द्रनाथ मन्दिर पुनर्स्थापनाको काम शुरु गरेका हुन् ।

सन् २०१७ अगस्टमा भूकम्पले क्षती पुर्याएका नेपालका २८ साँस्कृतिक सम्पदाको पुनर्निर्माण गर्न नपाल सरकार र भारत सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौता अनुसार भारत सरकारको ५.८ अर्ब आर्थिक सहयोग अन्तर्गत पुनर्निर्माण हुन लागेका २८ साँस्कृतिक सम्पदा मध्ये यो पहिलो परियोजना हो ।

२०७२ सालको भूकम्पले क्षति पु¥याएका सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा पुनर्स्थापनाका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन र पुरातत्व विभागले तोकेको निर्देशिका अनुरुप सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण एवम् पुनर्स्थापना हुने नेपालका लागि भारतीय दूतावासले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मणिराम गेलाल, कामपा वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्य, काठमाडौंका उपमेयर हरिप्रभा खड्गी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य चन्द्र बहादुर श्रेष्ठ, केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन० का परियोजना निर्देशक श्याम किशोर सिंह, भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास विभागका अधिकारीहरु अधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?