रघुजी पन्तको विवादास्पद अभिव्यक्ति : माफ गरिन्न भन्दै निरुदेवी पालले दिइन् चेतावनी !

लोकपथ
0
Shares
काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले राष्ट्रिय सभा सदस्य कोमल वलीको विषयमा दिएको विवादास्पद अभिव्यक्तिको खण्डन गर्दै  प्रतिनिधि सभा सदस्य निरुदेवी पालले टिप्पणी गरेकी छिन् ।
पालले राजनीति गर्ने महिलाहरूमाथि पटकपटक आक्रमण हुने गरेको भन्दै  टिप्पणी गरेकी हुन् ।
हालै नेकपाको प्रचण्ड–माधव पक्षीय नेता रघुजी पन्तले राष्ट्रिय सभा सदस्य कोमल वलीका विषयमा गरेको टिप्पणीलाई लक्षित गर्दै उनले राजनीतिमा लागेको महिलामाथि किन पटकपटक हमला हुन्छ भनेर प्रश्न उठाएकी छन् ।
उनले पितृसत्तात्मक सोच र चिन्तनबाट कहिले माथि उठ्ने होला भन्दै आश्चार्य प्रकट गरेकी छन् । ल्यारकेल लामा र विनोद चौधरीहरूलाई सांसद र मन्त्री बनाउँदा यस्ता खालका टिप्पणी नआएको तर, पुरुषभन्दा अब्बल क्षमता भएपनि महिला भएकै कारण महिला सांसदको चरित्रमाथि हमला गर्ने गरिएको उनले उल्लेख गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै पालले तल्लोस्तरका शब्द प्रयोग गरी महिलामाथि हमला गर्ने जोसुकै भएपनि माफ गर्न नसकिने बताएकी छन् ।
यता, विवादास्पद अभिव्यक्तिपछि लोकपथसँगको कुराकानीमा रघुजी पन्तले राष्ट्रिय सभा सदस्य कोमल वलीको विषयमा दिएको विवादास्पद अभिव्यक्तिको बचाउ गरेका छन् ।
सार्वजनिक कार्यक्रममा नेता पन्तले २० औं वर्षदेखि पार्टीमा योगदान दिएका नेतृहरुले राष्ट्रियसभा र केन्द्रमा अवसर नपाएको तर वलीले साडी सारेर पिडुँला देखाउँदै पोइल जान पाम भनेर सांसद भएको अभिव्यक्ति दिएका थिए । “२० औं वर्षदेखि पार्टीमा लागेका महिलाहरू पनि ओलीतिर लागेका छन् । तिनले त टिकट पनि पाएनन् । तिनले राष्ट्रियसभा पनि पाएनन्”, पन्तले भनेका थिए, “कोमल वलीले यसो साडी सरक्स सर्क्याएर गोरा पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि सांसद त तिनै भइन् ।”
अहिले उनको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको छ । चौतर्फी आलोचना भएपछि उनले आफ्नो आशय त्यस्तो नभएकाृे प्रतिक्रिया दिएका छन् । आफूले बोलेको पूरा भिडियो नराखी, केही अंश मात्रै काटेर गलत मनशायले ‘भाइरल’ बनाइएको उनले जिकिर गरेका छन् ।
“मैले बोलेको पूरै भिडियो राखिएको छैन । भिडियो पूरै नराखी, केही अंश मात्रै काटेर गलत मनशायले ‘भाइरल’ बनाइएको छ,” लोकपथसँग उनले भने,”व्यक्तिगत रूपमा मैले कसैलाई लक्षित गरेर भनेको होइन । मेरो भनाइले कोमल वलीलाई चोट पुगेको छ भने त्यसप्रति म दुःख व्यक्त गर्छु।”
यद्यपी सांसद वलीले रघुजी पन्तविरुद्ध कोमल वली अदालत जाने बताइसकेकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?