काठमाडौं । साइबर ब्यूरोको लोगो दुरूपयोग गरेर नक्कली फेसबुक पेज बनाएको आरोपमा प्रहरीले एक किशोरलाई नियन्त्रणमा लिएको छ । ब्यूरोको नक्कली पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको अभियोगमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने कपिलबस्तु बाणगंगा नगरपालिका वडा नम्बर २ घर भई रूपन्देही सैनामैना नगरपालिका वडा नम्बर ६ बसोबास गर्दै आएका १८ वर्षीय प्रज्वल पोख्रेल रहेको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ अनुमतिपछि पक्राउ गरिएको हो ।
पोख्रेलले फेसबुक पेजको म्यासेन्जरबाट कुराकानी गरेर आर्थिक लाभसमेत लिन खोजेको देखिएको प्रहरीले जनाएको छ । उनले प्रहरीको छबिलाई बदनाम गर्ने र संगठनप्रति आस्थावान नागरिकलाई भ्रमित पारी आपराधिक कार्य गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया