कांग्रेस नेता जोशीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको आज (आइतवार) स्वास्थ्य अवस्थामा सुधार देखिएको अस्पतालले बताएको छ ।

नर्भिक अस्पतालमा मस्तिष्काघातका कारण उपचाररत नेता जोशीको सीटी स्क्यान रिपोर्टमा टाउकोमा जमेको पानी कम हुँदै गएको देखिएका कारण हिजो (शनिवार) भन्दा स्वास्थ्य अवस्था क्रमिकरुपमा सुधार आएको अस्पतालले जनाएको हो ।

टाउकोको सिटिस्क्यान गर्दा दिमागमा रगत र पानी जमेको पाइएको थियो । तर टाउकोमा जमेको रगतको दाग भने अझै बाँकी रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

जोशीका दाहिने तिरको हातखुट्टा चल्न थालेको महशुस गरिएको भएपनि देब्रे तिरको पक्षघात भएको नर्भिक अस्पतालले जानकारी दिएको छ ।

जोशीलाई बिहीवार राति १२ बजेतिर बाँया शरीरमा समस्या देखिएको थियो । राति परिवारले वीर अस्पताल पुर्‍याइएकोमा चिकित्सकले जोशीलाई नर्भिक अस्पताल रिफर गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?