२०७७, १६ फाल्गुन आईतवार १२:३९

अन्तत: मिल्यो पल र अरुणबीचको विवाद


प्रकाशित मिति : २०७७, १६ फाल्गुन आईतवार १२:३९

काठमाडौं । निर्देशक अरुण प्रधान र अभिनेता पल शाहबीचको विवादमा अन्तत: मिलापत्र भएको छ । दुवै पक्षले आफ्नो कमीकमजोरी स्वीकार गरेपछि धरान प्रहरीको रोहबरमा विवाद सल्टिएको हो ।

म्युजिक भिडियोको सुटिङका क्रममा धरान पुगेका अभिनेता शाह र निर्देशक प्रधानबीच १२ गते साँझ विवाद भएको थियो । विवाद बढ्दै गएपछि शाहका सहयोगी कृष्ण जोशीले आफूमाथि हातपात गरेको भन्दै प्रधानले आफूसँग शाहले माफी नमागे प्रदेश नं १ मा उनका चलचित्र चलाउन नदिने चेतावनी दिएका थिए ।

दुबै पक्षले एक अर्काको गल्ती स्वीकार गरी माफी मागेपछि विवाद समाधान भएको हो ।

प्रतिक्रिया दिनुहोस