लैंगिक रुपमा कोमल वलीको आलोचना खेदजनक छ : पोखरेल

काठमाडौं । प्रधानमन्त्री ओली समूहका नेता शंकर पोखरेलले दाहाल–नेपाल समूहका नेता रघुजी पन्तले कोमल वलीप्रति गरेको टिप्पणीको आलोचना गरेका छन् । प्रदेश नं ५ का मुख्यमन्त्री समेत रहेका पोखरेलले लैंगिक रुपमा वलीको आलोचना खेदजनक भएको प्रतिक्रिया जनाएका हुन् ।

वलीले लोकगीत र सञ्चार क्षेत्रबाट राजनीतिमा प्रवेश गरेको भन्दै पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पन्तको अभिव्यक्तिको आलोचना गरेका हुन् ।

“माननीय कोमल वली चर्चित लोक गायिका र संचारकर्मी हो । राजनीतिमा उनको प्रवेश सोही परिवेशवाट भयो । लैंगिक रुपमा उनको आलोचना खेदजनक छ,”पोखरेलले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?