सर्वोच्चलाई दाहालको जवाफ- ‘अदालतले संविधानको व्याख्या गर्ने हो । नारा, जुलुस र भाषणको होइन’

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतले नारा, जुलुस र भाषणको नभइ संविधानको व्याख्या गर्नुपर्ने बताएका छन् । संसद विघटनविरुद्धको आमसभामा बोलेको विषय सर्वोच्चमा परेको रिटको लिखित जवाफ दिँदै प्रचण्डले यस्तो बताएका हुन् ।

आफूले सार्वजनिक सभामा अदालतमा विचाराधिन मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराएको बताउँदै अध्यक्ष प्रचण्डले अदालतको अवहेलना गरेको आरोपमा सत्यता नभएको दाबी गरेका हुन् ।

अदालतलाई धम्क्याएको भन्दै अधिवक्ता समीर हायुले प्रचण्डविरुद्ध रिट दर्ता गरेपछि सर्वोच्चले आफैं उपस्थित भएर जवाफ दिन आदेश दिएपछि प्रचण्ड आज आफैं सर्वोच्च पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?