बराबरीमा रोकियो युभेन्टस

लोकपथ
0
Shares

काठमाडौं । इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्टस बराबरीमा रोकिएको छ । शनिवार राति भएको खेलमा युभेन्टस हेलास भेरोनासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

भेरोनाको मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युभेन्टसले अंक बाड्नु परेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युभेन्टसले अग्रता बनाएको थियो ।

खेलको ४९ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट युभेन्टसले अग्रता बनाएको थियो । तर, खेलको ७७ औं मिनेटमा एन्टोनियो बाराकले गोल गर्दै हेलास भेरोनालाई हारबाट जोगाएका थिए ।

युभेन्टस २३ खेलमा ४६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । भेरोना ३५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?