कांग्रेस नेता गुरुङको व्यंग्य- आउ जुवा खेलौं, जीत तिम्रो या मेरो हुने, हार्दा देशले हार्ने !

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले नेताहरुप्रति व्यङ्ग्य गर्दै फेसबुकमा कविता लेखेका छन् । राजनीतिक अस्थिरताका विषयमा कवितात्मक शैलीमा टिप्पणी गर्दै गुरुङले नेताहरुको पछिल्लो कदमलाई जुवाको संज्ञा दिएका हुन् ।

जुवा खेल्ने नेताहरु भए पनि उनीहरुले कहिल्यै हारेको महसुस नगरेका भन्दै उनले देशले बारम्बार हार्न परेको भन्दै आलोचना गरेका छन् । उनले नेताहरुको निजी स्वार्थबाट प्रेरित भएको राजनीतिले देश सिक्कमीकरण हुन सक्ने चेतावनी दिएका छन् । लेण्डुपले जुवा खेल्दा सिक्किमको हार भएको स्मरण गराउँदै नेता गुरुङले यस्तो खेललाई नरोके देशलाई सिक्किमीकरणको दिशामा जानबाट रोक्न नसकिने चेतावनी दिएका छन् ।

जुवा खेलौं
जीत तिम्रो या मेरो हुने,
हार्दा देशले हार्ने,
जनताले हार्ने,
तिमी र म दुबैले नहार्ने!
तिमीलाई थाहै छ,
लेण्डुपले जुवा खेल्यो,
“सिक्किम”
देशले हा-यो,
सिक्किमी जनताले हा-यो,
तर
लेण्डुपले जुवा जीत्यो।
आखिर हामी पनि जुवाडे नै हौं।
त्यसैले
हामी पनि त्यस्तै जुवा खेलौं!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?