काठमाडौं । नेकपाका ओली समूहका नेता शंकर पोखरेलले दुश्चक्रको पुनरावृत्ति रोक्नुपर्ने बताएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत संसद पुनःस्थापनापछि उत्पन्न परिस्थितिलाई मनन गर्दै सुझबुझका साथ दुश्चक्रको पुनरावृत्ति रोक्नुपर्ने बताएका हुन् ।
०५२ साल भाद्र १२ गतेको संसद विघटन फैसलापछि मुलुकले ब्यहोरेको पीडा सम्झेको भए परिस्थिति अर्कै हुने उल्लेख गर्दै उनले सुझबुझका साथ दुश्चक्रको पुनरावृत्ति रोक्न आह्वान गरेका हुन् ।
“भाद्र १२, २०५२ को फैसलापछि मुलुकले ब्यहोरेको पीडा सम्झेको भए परिस्थिति अर्कै हुन्थ्यो । तर नि सुझबुझका साथ दुश्चक्रको पुनरावृत्ति रोकौँ.” पोखरेलले लेखेका छन् ।
वि.सं २०५२ मा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको संसद विघटनको प्रस्ताव २०५२ भदौ १२ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वनाथ उपाध्याय नेतृत्वको इजलासले अस्वीकृत गरिदिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया