सेभियालाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोनाले सेभियामाथि जित निकालेको छ। गएराति रामोन स्यान्जेज स्टेडियममा भएको खेलमा बार्सिलोनाले सेभियामाथि २–० गोलअन्तरको जित निकालेको हो।

सेभियाको घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी र ओसुमाने डेम्बेलेले एक एक गोल गरे । मेसीको पासमा ओसमन डेम्बेलेले २९औं मिनेटमा पहिलो गोल गरे । खेल सकिन पाँच मिनेटअगाडि मेसी आफैंले दोस्रो गोल गरे ।

जितपछि बार्सिलोना दोस्रो स्थानमा उक्लँदै शीर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडसँगको दूरी दुई अंकमा छोट्याएको छ । एट्लेटिको मड्रिडले २३ खेलबाट ५५ अंक जोडेको छ भने रियल मड्रिडले २४ खेलबाट ५२ अंक जोडेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?