चीनबाट २५ वटा बस ल्याउन रुवाबासी

लोकपथ
0
Shares

काठमाडौं । चीनमा तयार भएका २५ वटा विद्युतीय बस आर्थिक अभावका कारण नेपाल ल्याउन सकिएको छैन ।
सुन्दर यातायातले दुई वर्षअघि निर्माण गर्न लगाएको २५ वटा बसको भुक्तानी गरिसेकेको छ तर भन्सार कर बुझाउन आवश्यक रकमको जोहो गर्न नसकेपछि बसहरू चीनमै रोकिएका छन् ।

करिब ६ महिनाको बन्दाबन्दीले योजनाअनुसार काम गर्न नपाएपछि आर्थिक समस्या हुन पुगेको सुन्दर यातायात प्रालिले जनाएको छ । ४० सिट क्षमताका २५ वटा बसहरू तयारी अवस्थामा छन् । कम्पनीले ल्याउन ताकेता गरिरहेको छ तर भन्सार करको जोहो गर्न नसक्दा आफूहरू समस्यामा परेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।

उनले भने, “हामीले २५ वटा बसको भुक्तानी दिइसकेका छौँ, अब हामीलाई पाँच करोड रुपियाँ भन्सार बुझाउन लाग्छ, यतिबेला हामीसँग नगद छैन, जग्गा जमिन धितो राखेर बैङ्कबाट ऋण ल्याउन खोजेको तर बैङ्कले विद्युतीय बसलाई लोन नदिने दिने व्यवस्था छैन भनेर दिइरहेका छैनन्, धितो राख्दा पनि विद्युतीय बसले लोन पाउनसकेको छैन ।” आजको गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?