अब कारोबारमा यी १६ वटा परिसूचक गणना

लोकपथ
0
Shares

काठमाडौँ । आइतबारदेखिको कारोबारमा १६ वटा परिसूचक गणना हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबारदेखि लागू हुनेगरी केही सूचीकृत कम्पनीको समूह विभाजनमा हेरफेर तथा नयाँ समूहको व्यवस्था गर्नुका साथै सोहीअनुरूप परिसूचक गणना थालेको हो ।
हाल नेप्सेमा सूचीकृत २१८ कम्पनीलाई ११ समूहमा विभाजन गरी समूहगत परिसूचक कायम गरिँदै आएकोमा अब ‘लगानी’ समूह थप गरी १२ वटा समूहका समूहगत परिसूचक कायम गरिएको छ । परिवर्तित व्यवस्थाअनुसार आगामी दिनमा नेप्सेले ‘म्युचुअल फण्ड’, ‘सेन्सेटिभ’, ‘सेन्सेटिभ फ्लोट’ र समग्र बजार परिसूचक ‘नेप्से’ गरी १६ वटा परिसूचक गणना र प्रकाशन गर्ने नेप्सेले जनाएको छ ।
नेप्सेको निर्णयअनुसार साबिकको ‘अन्य’ समूहमा रहेका आठवटा कम्पनीमध्येबाट चारवटा कम्पनीलाई ‘लगानी’ समूहमा राखी नयाँ समूह बनाइएको छ ।

साथै साबिकको होटल्स समूहको नाम परिवर्तन गरी ‘होटल्स तथा पर्यटन’ समूह बनाइएको छ । चन्द्रागिरी हिल्स लिमिटेडलाई ‘होटल्स तथा पर्यटन’ समूहमा राखेको नेप्सेले नयाँ व्यवस्थाबाट समूह विभाजन र परिसूचक गणनामा थप स्पष्टता आइ बजारसम्बन्धी सूचना विश्लेषण गर्न सरोकारवालालाई सहज हुने विश्वास लिएको छ । नयाँ व्यवस्थाअनुसार नेप्सेले लगानी समूहमा नागरिक लगानी कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैङ†क लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडलाई राखिएको छ । यसैगरी होटल्स तथा पर्यटन समूहमा ओरिएन्टल होटल लिमिटेड, सोल्टी होटल लिमिटेड, तारागाउँ रिजेन्सी होटल लिमिटेड, याक एण्ड यति होटल लिमिटेड र चन्द्रागिरी हिल्स लिमिटेडलाई राखिएको छ । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?