‘बी’ डिभिजन लिगमा आज पनि दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज आइतवार पनि दुई खेलहरु हुँदैछन् । आज एन्फा कम्प्लेक्स सातदोबाटोमा ब्वाइज युनियन क्लब र नयाँबस्ती युवा क्लब तथा खुमलटार युथ क्लब र झम्सिखेल युथ क्लबबीच प्रतिष्पर्धा हुन लागेको हो ।

ब्वाइज र नयाँबस्तीबीचको खेल अपरान्ह सवा १२ बजे शुरु हुनेछ भने खुमलटार र झम्सिखेल दिउँसो साढे ३ बजे मौदान उत्रने छन् ।

ब्वाइज ७ खेलमा ११ अंक जोडेर चौंथो स्थानमा रहँदा नयाँबस्ती ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । खुमलटार ७ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ भने झम्सिखेल ६ अंक जोडेर दशौँ स्थानमा छ ।

१२ क्लबले प्रतिस्पर्धा गरिरहेका लिगमा सातदोबाटोको १९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?