२१ माघ २०७९, शनिवार

महिला लाखे बन्न नहुने प्रचलन थियो तर सविनाले….

२०७४,आश्विन,१९,बिहीवार ०१:१३

0
Shares

काठमाडौँ,१९ असोज – लाखे नाचमा महिला लाखे बन्न नहुने प्रचलन थियो तर यो परम्परा तोडिएको छ । भक्तपुरको वागेश्वरी क्याम्पसकी छात्रा सविना सैँजू महिला लाखेको भूमिकामा देखापरेकी छन् । उनको लाखे नाच कुनै जात्रापर्व विशेषमा मात्र नभएर अघिपछि पनि देख्न पाइन्छ ।सूर्यमढिका टोलवासी युवा समुदायको संस्था पासा पुचःमा सहभागी भएर सैँजूले विगत तीन वर्षदेखि लाखे बनेर नाच प्रस्तुत गरिरहेकी छन् । सैँजू भन्छिन् , “लाखे नाच हेर्न चाहनेलाई पुचःको स्वीकृतिमा यो नाच देखाउने गरिएको छ । ”हराइरहेको संस्कृतिको जगेर्ना आवश्यक ठानेर आफू लाखे बन्न उत्साहित भएको उनले बताइन् । “गहु्र्ङ्गो मुकुट, मुकुट अड्याउन टाउकोमा बेर्नुपर्ने कपडाको मुठा, लाखेको पोशाक र निरन्तर एक घण्टासम्मको नाच गर्न कम्ता गाह्रो छैन तर यसमा महिला सहभागिता हुनु साहसकै कुरा हो,” भक्तपुर महाकाली नाचका मूल नाइके तुल्सीनारायण दण्डेख्याले भने, गोरखापत्रमा खबर छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१९,बिहीवार ०१:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले लघुउद्यम विकास कार्यक्रम अन्तर्गत महिलालाई चुरापोते र खेलौना बनाउने तालिम सञ्चालन गरेको छ । पालिकाको

काठमाडौं । अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघले सडकमै तरकारी फाल्नुपर्ने अवस्थामा पुगेका किसानका मागप्रति गम्भीर हुन सरकारसँग

काठमाडौं । खानेपानीमन्त्री अब्दुल खाँनले बाह्रै महिना मेलम्चीको पानी काठमाडौंबासीले पिउन पाउने गरी काम अगाडि बढाउने बताएका छन् । आज

गुल्मी । गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक

ताजा समाचार