अब आईपीओको नतिजा हेर्न नयाँ वेबसाइट

काठमाडौं । प्राथमिक शेयर अर्थात् आईपी‍‍‍‍ओको नतिजा हेर्नका लागि नयाँ वेबसाइट सञ्चालनमा आएको छ । मेरो शेयरको वेबसाइट र मोबाइल एपले मात्रै नधान्ने भएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले आईपीओको नतिजा हेर्नकै लागि मात्र नयाँ वेबसाइट सञ्चालनमा ल्याएको हो ।

यसअघि आईपीओको नतिजा अनलाईन सञ्चारमाध्यमले समेत प्रकाशित गर्दै आएका थिए । लगानीकर्ताको संवेदनशील सुचना नीजि सञ्चारमाध्यमलाई दिन नमिल्ने व्यवस्था लागू गर्न माग बढेपछि मेरो शेयर, आईपीओ जारी गर्ने कम्पनी र बिक्री प्रबन्धकले मात्र नतिजा सार्वजनिक गर्न पाउने व्यवस्था गरिएको थियो ।

तर मेरो शेयरबाट एकैपटक धेरैजनाले नतिजा हेर्दा साइट डाउन हुने र अरु सेवा पनि प्रभावित भएपछि सीडीएस एण्ड क्लियरिङ लिमिटेडले नयाँ वेबसाइट ल्याएको हो । अब iporesult.cdsc.com.np मा आईपीओको नतिजा हेर्न सकिन्छ ।

ईपीओको नतिजा मात्रै राखिने यो पोर्टल छिटो छरितो र धेरै लगानीकर्ताले एकैसाथ प्रयोग गर्न मिल्ने गरि बनाइएको लिमिटेडको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?