पुरानै कुरा दोहोर्‍याएर नयाँ परिणाम खोज्नु पागलपन हो : भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले फेरि सरकार बनाउने खेल शुरु भएको भन्दै चिन्ता प्रकट गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा वैज्ञानिक अल्वर्ट आइन्सटाइनको भनाई उदृत गर्दै भट्टराईले पुरानै कुरा दोहोर्‍याएर नयाँ परिणाम खोज्नु पागलपन भएको टिप्पणी गरेका छन् ।

संसद पुनर्स्थापनापछि एक पक्ष अनेक बहाना गरेर संसद विघटनतिर लान खोज्नु र अर्को पक्ष विगतको समीक्षा नगरी सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण भएको भन्दै उनले सबैलाई आत्मसमीक्षा गर्न सुझाव दिएका छन् ।

“आइन्सटाइन भन्थे–पुरानै कुरा दोहोर्‍याउनु अनि नयाँ परिणाम खोज्नु पागलपन हो !” भट्टराईले लेखेका छन्, “संसद पुनर्स्थापनापछि देशमा एक पक्ष अनेक बहाना गरेर संसद विघटनतिर लान खोज्नु र अर्को पक्ष विगतको कुनै समीक्षा नगरी सांसदको टाउको गन्ने र सरकार बनाउने खेलतिर लाग्नु विडम्बनापूर्ण छ  ! सबैले आत्मसमीक्षा गर्ने कि ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?