रोग प्रतिरोधात्मक क्षमता बढाउन खानैपर्छ यस्ता खानेकुरा, जसमा पाईन्छ प्रचुर प्रोटिन

काठमाडौं – बढ्दो प्रदूषण, शहरीकरण, अस्तव्यस्त जीवनशैली, खानपानको उचित समय नमिल्नु जस्ता अनेकन कारणहरुले गर्दा मानिसहरुमा विभिन्न रोगहरुले सजिलै आक्रमण गर्छ । ति रोगहरुबाट बच्न हामी औषधि खान्छौँ । तर तिनले झनै हामीलाई कमजोर बनाउँछ ।

यसर्थ चिकित्सकले सुझाव दिएका छन् कि – हामीले खानपानमा त्यस्ता खानेकुरा समावेश गर्नुपर्छ जुन खानेकुराले शरीरमा रोग प्रतिरोधात्मक क्षमता नै विकास गरिदिओस् । त्यस्ता खानेकुराको प्रयोगका कारण शरीरले आफैँभित्र एक प्रकारको शक्ति सञ्चय गर्दछ ।

अनि अर्को बुझनैपर्ने कुरा के छ भने पोषणयुक्त खानेकुरा खानु भनेको शरीर बढ्न, स्वस्थ रहन, रोग बिमारसित लड्न शरीरमा एक किसीमको क्षमता विकास गराउनु पनि हो ।

भात, मकै, कोदो, गहुँ, आलु, कटहर वा अन्य कुनै फलफूल । यी मुख्य खानेकुराले शरीरलाई दिनहुँ चाहिने खानाको मात्रा पूरा गर्छ। त्यसैले यीनको थोरै प्रयोग पनि शरीरको लागि निकै फाइदाजनक र आवश्यक छ ।

के हुन् ति खानेकुरा ? 

कालो दाल
कालो दालमा प्रचुरमात्रामा प्रोटिन हुने गर्छ । यसलाई पकाउने तरिका धेरै प्रकारको छ । अधिकांशको भान्सामा पाक्ने कालो दाल स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदाजनक छ । धान रोपेपछि चिस्यानयुक्त आलीमा यसलाई रोपिदिँदा यो मज्जाले फल्छ । कालो दाल एकपटक खाँदा मात्रै पनि हामीले १५ ग्राम फाइबर र प्रोटिन पाउन सक्छौँ जुन एकदिनका लागि शरीरलाई आवश्यक पर्याप्त पोषक तत्व हो ।

 

घिउ सिमी
१०० ग्रामको घिउ सिमीमा २१ ग्राम प्रोटिन हुने गर्छ । अन्य सीमीको प्रयोग पनि अति नै लाभदायक हुन्छ । सिमीमा भिटमिन ए, बी६, थाइमिन, पैथोथेनिक एसिड तथा नियासिन हुन्छ जुन शरीरका लागि लाभदायी हुन्छ ।

मकै
पहेँलो मकैमा एक कपमा १५.६ ग्राम प्रोटिन हुने गर्दछ । मकैमा प्रचुर मात्रामा फाइबर, मिनिरल र क्याल्सियम हुने गर्छ ।भुटेको मकैमा फाईबरको मात्रा अत्यधिक हुन्छ । यसले पाचन प्रणालीमा सुधार गर्छ। भुटेको मकै खाने मानिसलाई एसिडिटी र कब्जियतको कहिल्यै समस्या हुदैन।

माछा
माछामा प्रचुर मात्रामा प्रोटिन मिल्छ । यसमा ओमेगा–३ पाइन्छ । माछा पोषणयुक्त खानेकुरा भएता पनि सधैं माछा खान भने सकिन्न । गर्भवतिले माछा खाँदा चिकित्सकसँग परामर्श गरेर मात्रै खानुहोला । टुना : टुना एक प्रकारको प्रचुर मात्रामा प्रोटिन पाइने माछा हो । सलाद, स्याण्डविच, खाजासँग माछा मिसाएर खान मिल्छ ।

आलु
आलु एक प्रकारको काब्रोहाइड्रेट प्रचुर मात्रामा पाइने फल हो । आलुको ब्रोक्रामा मात्र ४ ग्रामको प्रोटिन पाइन्छ । त्यसरी आलु पकाउँदा विशेष ध्यान दिनुपर्छ ।

ब्रोकाउली
एक कप ब्रोकाउलीमा २.६ ग्राम प्रोटिन हुनेगर्छ । यसमा पाइने पदार्थ भनेको फोलेट र पोटासियम हो ।

काउली
काउलीमा धेरै मात्रामा प्रोटिन तथा क्यालोरी पाइन्छ । एक कप काउलीमा २७ प्रकारका क्यालोरी र २ ग्राम प्रोटिन पाइन्छ ।

चाइनिज बन्दा
यसमा एन्टीअक्सिडेन्ट र प्रोटिन पाइन्छ ।

अण्डा
प्रोटिन र पोषण पाइने अण्डा दिनैपिच्छे खाने हो भने दिनभरी मानिस आरामसँग बस्न सक्छ ।

कुखुराको छाति
छाला नभएको १३६ ग्रामको कुखुराको छातिको मासुमा २६ ग्राम प्रोटिन पाइन्छ ।

ओट्स
१०० ग्रामको ओट्समा १७ ग्राम प्रोटिन पाइन्छ । त्यहाँ काब्रोहाइड्रेटस् पाइने खानामा ओट्स पनि पर्छ । विभिन्न खानेकुरा, फलफुल तथा सुपारीजन्य खाद्यपदार्थबाट ओट्स बनेको हुन्छ ।

टेम्फे
टेम्फे सोयबिनबाट तोफु जस्तै बनाइन्छ । यसमा प्रचुर मात्रामा पोषण तथा प्रोटिन मिल्ने गर्छ ।

अम्बा
अम्बा उष्ण मौसममा फल्ने फलफूल हो । यसमा प्रचुर मात्रामा भिटामिन सी पाइन्छ ।

आल्मोण्ड
अल्मोण्डमा धेरै मात्रामा क्यालोरी पाइने गर्छ । भुटेका आल्मोण्डको स्वाद विर्सन सकिन्न ।

फर्सिको वियाँ
फर्सिको वियाँमा म्याग्नेसियम, सेलेनियम, प्रोटिन र मिनिरल पाइन्छ ।

विभिन्न किसीमका दानाहरु (नट्सहरु) : ओखर काजु, किसमीस, बदाम, पेस्ता, सुर्यमुखीको बिउ आदी ।

15 Foods to Boost Immune System - How to Increase Immunity

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?