ल्वाङको अचुक फाइदा : टाउको दुखेकोदेखि पेटमा ग्यास भरिँदा छुमन्तर पार्छ !

काठमाडौं – ल्वाङ हेर्दा सानो हुन्छ तर यो चिया मसलाको वा कुनै तरकारीको स्वादिलो बनाउने मसलाको रुपमा मात्र नभई विभिन्न स्वास्थ्य समस्यामा औषधीको रुपमा समेत प्रयोग हुने गरेको छ।(यदि खानामा ल्वाङलाई पनि मिसाउनु भएको छ भने शरीरलाई रोगसँग लड्ने क्षमता बढ्छ) स्वाद र सुगन्ध दुवै बढाउँने सानो तर भान्साको महत्वपूर्ण मसला ल्वाङको फाइदा थाहा पायौँ भने हामीलाई कुनै स्वास्थ्य समस्या देखापर्दा ल्वाङ काम लाग्छ ।

ल्वाङको प्रयोगले दाँत दुखेको ठाउँमा पनि हुन्छ । विशेषत: यसको तेल दुखेको ठाउँमा लगाउँदा दुखाई कम हुन्छ । यसबाहेक दाँत दुखेमा ल्वाङ पिसेर र कागतिको रसमा मिसाएर दुखेको दाँतमा लगाउने ।

रुघा, खोकी खोकीलगातार खोकी लागिरहेको छ भने ल्वाङ चुसिरहनुहोस् । यसले खोकी निको पारिदिन्छ । ज्वरो आएको एक लिटर पानीमा १० वटा ल्वाङ राखेर उमाल्ने र मनतातो पानी पिउने , मुखमा घाउ आएको, टाउको दुखाइ लगायतका समस्या समाधानका लागि पनि ल्वाङ निकै फाइदाजनक हुन्छ।

दिनमा एउटै मात्र ल्वाङ चबाउनले पनि कोलेस्ट्रोलको मात्रा कम गर्न सघाउँछ । यसले मुटुसम्बन्धि समस्याबाट बचाउँन मद्दत गर्छ ।

जुका परेको छ भने ३-४ वटा ल्वाङ पिसेर एक चम्चा महमा मिसाएर ३-४ दिन खाँदा समस्या समाधान हुन्छ।

टाउको दुखाईको बेलामा केहि ल्वाङ पिसेर नरिवलको तेलमा मिसाउने र टाउको दुखेको समयमा मालिस गर्नाले पनि निकै फाईदा पुग्छ ।
मुखमा घाउ भएको समस्याको लागि एउटा दाना ल्वाङ मुखमा लिने र चुसिरहने गर्नुपर्छ ।

पेटको ग्याँस भरिएमा, पेट फुल्ने, ढुस्स हुने, उकुसमुकुस भएमा एक कप पानीमा ३ वटा ल्याङ पिसेर हाल्ने र मनतातो पानी खाने गर्दा ग्याँसको समस्याबाट मुक्ति मिल्छ । (ल्वाङ खाने गर्नाले मुखमा ‘सेलाइवा’ बढी उत्पादन हुन्छ, सेलाइवाले खानालाई राम्ररी पचाउन सघाउँछ र एसिडिटीको समस्या हुँदैन।)

श्वास गन्हाउने समस्या भएमा एउटा ल्वाङ चुस्दा मुख गनाउन छोड्छ।

ल्वाङमा पाइने ‘एन्टीब्याक्टेरियाल’ तत्वले घाउलाई चाँडै निको हुन सघाउँछ ।

छाती पोलेको छ भने दुईतीनवटा ल्वाङ एक गिलास पानीमा उमाल्नुस् र त्यसमा मिश्री हालेर पिउनुहोस् । ठीक हुन्छ ।

दिनमा दुई पटक ल्वाङ हालेको चिया पिउनाले अनुहारमा चमक बढ्छ ।ल्वाङमा पाइने ‘एन्टीओक्सिडेन्ट्सले छालालाई नरम र चमकिलो बनाइराख्न मद्दत गर्छ ।

जोर्नी दुखेको जोर्नी दुखेको र सुन्निएको छ भने ल्वाङको तेलले हलुका मालिश गर्नुहोस्। पीडा र पोलेको कम हुन्छ।

यसमा ‘पोटासियम’ हुन्छ, जसले कमजोरी भगाउने र तुरुन्तै ऊर्जा दिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?