हातका रेखाले पनि हाम्रोबारे धेरै कुरा बोल्छन्

काठमाडौं । हातका रेखाले पनि हाम्रोबारे धेरै कुरा बोल्छन् । ‘हस्तरेखा शास्त्र’का अनुसार हतकेला, पञ्जा र औंलाले हाम्रो भविश्यबारे धेरै संकेत दिन्छन् । यसले हाम्रो स्वभावको बारेमा पनि धेरै कुरा बताउँछन्, साथै हाम्रो भविश्य कस्तो छ भन्ने पनि यसबाट थाहा पाउन सकिन्छ ।

जुन मानिसलाई हस्तरेखा शास्त्रबारे थोरै पनि ज्ञान हुन्छ, उनीहरु यो जान्छन् कि हातको रेखाले भविश्यको सटिक अनुमान लगाउन सकिँदैन । किनकी हातका रेखाहरु व्यक्तिले गर्ने राम्रा नराम्रा कामले हरेक पल बदलिरहन्छन् । तर, हस्तरेखाको माध्यमबाट भविश्यका संकेतबारे अनुमान लगाउन सकिन्छ, जसलाई हामीले नकार्न सकिन्न ।

यदि हामीलाई भविश्यमा हुन सक्ने घटनाबारे पहिले नै जानकारी हुन्छ भने हामी त्यससँग जोडिएर आउने नराम्रो समयलाई पहिले नै टार्न सक्छौं । पूर्ण रुपबाट नभएपछि त्यसको नराम्रो असरबारे बच्न हामीले पूर्वतयारी त गर्न सक्छौं ।

हस्तरेखाको अध्ययनबाट हाम्रो व्यक्तिगत स्वभावको बारेमा जान्न सकिन्छ । हामीमा कस्तो स्वभाव छ, के कुरा मन पर्छ, हामीलाई कस्ता मानिसहरु मन पर्छन्, यी सबै जानकारी हस्तरेखाबाट पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?