‘हर्के हल्दार’ अबदेखि आइतबार राति ९ बजे

लोकपथ
0
Shares

काठमाडौँ । कान्तिपुर टेलिभिजन बाट प्रत्येक शुक्रबार राति ९ बजे प्रसारण भईरहेको चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र ‘हर्के हल्दार’ फाल्गुण २३ गते देखि प्रत्येक आइतबार राति ९ बजे प्रसारण हुने भएको छ ।
‘हर्के हल्दार’ले समसमायिक बिषय बस्तुलाई ब्यङ्गत्माक तबरबाट सामाजिक सद्भाब फैलाउदै आएकाे छ ।

शिव शर्माको लेखन रहेको ‘हर्के हल्दार’ को मुख्य भूमिकामा बिष्णु सापकोटा (हर्के र लाउरे) दोहोरो भूमिकामा, शिबहरि बैरागी(झम्के), रोशनी सापकोटा, सुरेन्द्र केसी (झगडे बिष्ने), शिब शर्मा, इन्द्र दोङ्ग खम्बे, सरु दाहाल(देउती), शान्ति बस्नेत (बाग्मती), सुशिला निरौला (बिमली) , अनुमति नेपाली, राजेन्द्र गिरि(गुन्द्रुके), बिनोद परियार, यदु धिताल, अनिता कार्की, बिन्दा दुलाल, बासुदेब खनाल, आयुष्मा कार्की, अर्जुन दम्जाली, श्याम तामाङ, यदुनाथ धिताल, रामेश्वर ढकाल रहेका छन् । छायाँकार प्रवेश पोखरेलको छायांकन रहेको यस टेलिचलचित्रको मेकअपमा संजय लामा रहेका छन् भने सम्पादनमा राज कार्की रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?