‘नेपाल कम्फर्टटेबल पार्टी’ भन्दै गोकुल बाँस्कोटाको हमला

लोकपथ
0
Shares
तस्विर: गुगल

काठमाडौँ ।  ओली समूहका नेता गोकुल बाँस्कोटाले नेकपा प्रचण्ड–नेपाल पक्षमाथि हमला गरेका छन् ।
उनले प्रचण्ड–नेपाल समूहलाई ‘नेपाल कम्फर्टेबल पार्टी’ को संज्ञा दिँदै अब कुन झण्डा साथ सडकमा आउलान ? भन्दै प्रश्न गरेका छन् ।

‘नेपाल कम्फर्टेबल पार्टी – नेकपाका २४ घण्टे राष्ट्रवादीहरु र नागरिक अभियन्ताहरु अब कुन झण्डा साथ सडकमा आउलान ? भब्य बैठक आयोजित हुँदै होला कसरी विषय मोडिदिने भनेर?चाइँचुइँ छैन त? कि लावण्य प्रान्तको मुख्यमन्त्री खोज्न लाग्या छन् ? कसैले देखभेटेमा म पनि थाहा पाउँ है,मान्यवर हो’, उनले ट्वीटरमार्फत कटाक्ष गरेका छन् ।

प्रचण्डले शुक्रबार एक टेलिभिजन कार्यक्रममा आफ्नो समूहसहित काँग्रेस र जसपा मिलेर सरकार बने भारतलाई कम्फर्टेबल हुने अभिव्यक्ति दिएका दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?