ओलीले राजीनामा नदिने, गरे यस्तो तर्क

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । अहिलेकै अवस्थामा राजीनामा दिए देशमा अस्थिरता आउने उनको दावी छ ।

हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा दिए देशमा अस्थिरता आउने दावी गरेको हुन् ।
नेकपाको ओली समूहलाई बाहिर राखेर सरकार गठनको प्रयास भइरहँदा प्रधानमन्त्री ओलीले भने त्यस्तो संभावना नरहेको पनि बताएका छन् ।
टेलिभिजनको अनलाइन संस्करणका अनुसार प्रचण्ड–नेपाल पक्षलाई सरकार बनाउन नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले समर्थन नगर्ने समेत ओलीले दावी गरेका छन् ।

ओलीले राष्ट्रपतिको आलोचना गर्नेहरु गणतन्त्र विरोधी रहेको पनि आरोप लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?