नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाले गुमाए ज्यान

लोकपथ
0
Shares

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा २८२४ मा कोरोना परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ४८ जना निको भएर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ३२५ पुगेको छ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट दुई हजार ७ सय ७३ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?