नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । सिन्धुपाल्चोकमा नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

नक्कली सुन देखाई ७ लाख रुपैयाँ ठगी गरी फरार रहेका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ बस्ने ३८ वर्षीय जित बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

बलेफी गाउँपालिका-४ टुनीबोटबाट गत असोज ३० गते नक्कली सुन देखाई उक्त नगद ठगी गरी फरार रहेका तामाङलाई ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले बाह्रबिसे नगरपालिका-८ मानेश्वरामा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?