इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी र वेस्ट ह्याम भिड्दै

लोकपथ
0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटी र वेस्ट ह्याम भिड्दै छन् । सिटीको घरेलु मैदानमा हुने सिटी र वेस्ट ह्यामबीचको खेल साँझ ६:१५ बजे शुरु हुनेछ ।

घरेलु मैदानमा सिटी सहज जित निकाल्दै उपाधि होड थप बलियो बनाउन चाहन्छ । सिटीले लिगमा २५ खेलबाट ५९ अंक जोडेको छ ।

सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड भन्दा १० अंकले अघि रहेको छ । तर, वेस्ट ह्यामविरुद्ध जित निकाल्न सिटीलाई सहज हुने छैन ।

पछिल्लो समय वेस्ट ह्यामले उत्कृष्ट खेलिरहेको छ । वेस्ट ह्याम २५ खेलमा ४५ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

वेस्ट ह्याम पनि सिटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?