ला लिगा : बार्सिलोना र सेभिया भिड्दै

लोकपथ
0
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आज बार्सिलोना र सेभिया भिड्दै छन् ।

सेभियाको मैदानमा हुने दुई टीमबीचको खेल राति ९ बजे शुरु हुनेछ । सेभियाको मैदानमा बार्सिलोना जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।

बार्सिलोना जित निकाल्दै लिगको दोस्रो स्थानमा उक्लन चाहन्छ । बार्सिलोना २४ खेलमा ५० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

सेभियालाई पराजित गरेमा बार्सिलोना दोस्रो स्थानमा उक्लनेछ । तर,सेभियालाई उसैको मैदानमा हराउँन बार्सिलोनालाई सहज भने छैन ।

सेभिया पनि बार्सिलोनालाई हराएर शीर्ष तीनमा उक्लन चाहन्छ । सेभिया २३ खेलमा ४८ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?