साउदीका राजकुमार सलमानमाथि अमेरिकाले लगायो हत्याको आरोप

लोकपथ
0
Shares

काठमाडौं । वासिङटन पोस्टका साउदीस्थित रिपोर्टर जमाल खसोगीको हत्यामा साउदी राजकुमार मोहम्मद बिन सलमानको संलग्नता रहेको खुलासा एक अमेरिकी रिपोर्टले गरेको छ ।

यस छानविन रिपोर्टअनुसार खसोगीको हत्याका लागि राजकुमार मोहम्मदले नै अनुमति दिएका थिए । राजकुमारले खसोगीलाई साउदी अरबको खतरा मानेको रिपोर्टमा उल्लेख छ ।

टर्कीको इस्तानबुलस्थित युएईको दूतावासमा अक्टुबर २०१८ मा खसोगीको हत्या भएको थियो । उनको शव अहिलेसम्म पनि बरामद भएको छैन ।

बिग्रियो साउदी–अमेरिका सम्बन्ध : 
यदी अमेरिकाले खसोगी हत्या मामिलामा साउदीलाई आरोपित गर्‍यो भने मध्यपूर्वको सबैभन्दा शक्तिशाली र धनी देशसँग अमेरिकाको सम्बन्ध बिग्रनेछ । किनकी, साउदीका राजा सलमान ८५ वर्षका भइसकेका छन् र राजकुमार सलमान यहाँ निकै शक्तिशाली मानिन्छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले राजा सलमानसँगको वार्तामा राजकुमार सलमानसँग जोडिएको यस विषयमा चर्चा गरेको पनि बताइएको छ । यद्यपी, ह्वाइटहाउसले यस वार्तालाई सामान्य भनेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?