युरोपा लिगको अन्तिम १६ को खेल तालिका सार्वजनिक

लोकपथ
0
Shares

काठमाडौं । युरोपा लिग फुटबलको अन्तिम १६ को खेल तालिका सार्वजनिक भएको छ ।

युरोपीयन फुटबल एसोशिएसनले सार्वजनिक गरेको युरोपा लिगको अन्तिम १६ को खेल तालिका अनुसार इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले क्वार्टर फाइनलमा पुग्नका लागि इटालियन क्लब एसी मिलानसँग प्रतिस्पर्धा गर्ने छ ।

यसैगरी अर्को इंग्लिस क्लबले आर्सनलले ग्रिसको ओलम्पियाकोसँग खेल्दा इग्ल्याण्डको टोटनह्यामको प्रतिस्पर्धी डिनामो जाग्रेब रहेको छ ।

यसैगरी युरोपा लिग फुटबलको अन्तिम १६ मा आयाक्स र योङ ब्वाइजसँग, डाइनामो किभ र भिल्ला रियल, इटालियन क्लब रोमा र शाख्तर डोनेत्स्क तथा रेन्जर्स र स्लाभियाबीच प्रतिस्पर्धा हुने छ । स्पेनिस क्लब ग्रानडाले मोल्डेसँग खेल्नेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?