आफैं सफा हुने ‘स्मार्ट ग्लास’ ल्याउँदै एप्पल

एजेन्सी । चश्मा लगाउने धेरैको साथमा रुमाल अथवा चश्मासँगै आउने सानो कपडा हुन्छ । धुवाँ धुलो टाँसिएर छिनछिनमै चश्मा सफा गर्नुपर्ने हुँँदा कहिलेकाहिँ झन्झटिलो पनि लाग्छ । तर अब भने बजारमा आफैं सफा हुने चश्मा आउने भएको छ ।

अमेरिकी कम्पनी एप्पलले आफैं सफा हुने नयाँ स्मार्ट ग्लास उत्पादन गर्न लागेको हो । कपडा प्रयोग गरेर सफा गर्दा चश्मा कोरिने र त्यसको पिक्सेलमा असर पर्ने भएकाले एप्पलले आफैं सफा हुने चश्मा ल्याउन लागेको हो ।

स्मार्ट ग्लासमा नयाँ प्याटेन्ट समेत दर्ता गरिसकेको कम्पनीले स्वतः सफा हुने फिचरलाई ‘अप्टिकल मोडुल्स’ नाम दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?